२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

मेची नदी तैरिएर भारत प्रवेश गर्ने बंगालादेशी र नेपाली पक्राउ


मेचीनगर, चैत १५ । नेपालबाट अवैध रुपमा भारत प्रवेश गर्न खोजेको आरोपमा एक बंगालादेशी र एक नेपाली नागरिक भारतमा पक्राउ परेका छन् ।
काँकरभिट्टा नाकाबाट भारत प्रवेश गर्न लागेका बंगालादेशी नागरिक ३४ वर्षीय आलम गिर हुसेन र मेचीनगरका ३२ वर्षीय अनुप तामाङलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पक्राउ गरेको हो ।

तामाङले बंगालादेशी नागरिक हुसेनलाई अवैध रुपमा भारत प्रवेश गराउन खोजेका थिए । सोही बेला भारतीय एसएसबी ४१ बटालियनको टोलीले उनीहरूलाई सीमा नाकाबाटै पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ ।

हुसेनले आफू बंगालादेशी नागरिक रहेको र आफू नेपालबाट अवैध रुपमा भारत प्रवेश गर्न लागेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

पानीट्यांकी काँकरभिट्टा नाकामा भारतीय एसएसबीले परिचयपत्रको आधारमा नेपालीलाई भारत प्रवेश गर्न अनुमति दिएकोले बङ्गलादेशी नागरिक मेची नदी तैरिएर भारत जान खोजेका थिए ।

हुसेनलाई तामाङले सहयोग गरेको भन्दै पक्राउ परेका दुवैजनालाई एसएसबीले खोरीबारी प्रहरीलाई जिम्मा लगाइसकेको छ । खोरीबारी प्रहरीले आज सिलिगुरी जिल्ला अदालतमा पेस गरी कारबाही प्रक्रिया अघि बढाइसकेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer