२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

एसइइ आजदेखि, झापामा १५ हजार ८२२ परीक्षार्थी


११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक ल्याउनैपर्ने

बिर्तामोड, चैत १५ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा आजदेखि सुरु हुँदैछ । आज चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने एसइइ परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ । झापामा यो वर्ष १५ हजार ८२२ जना विद्यार्थीले एसइइ परीक्षामा भाग लिने शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

कम्तिमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने

विगतका एसइइ परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

एक सय पूर्णाङ्कको परीक्षामा ३५ र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अंक ल्याउनुपर्नेछ । परीक्ष नियन्त्रण कार्यालयका अनुसार ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन पाइँदैन ।

त्यस्ता परीक्षार्थीहरुले मौका परीक्षा भने दिन पाउने छन् । ३५ अंक ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer