२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले डक्टर रुइत र झापाका बाँस्कोटालाई सम्मान गर्ने


बिर्तामोड, चैत १५ । तेह्र वर्षदेखि देशका विभिन्न प्रतिभालाई नगदसहित सम्मान गर्दै आएको रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाले यो वर्षको श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार आँखारोगका विशेषज्ञ चिकित्सक सन्दुक रुइतलाई प्रदान गर्ने भएको छ ।

५ लाख रुपैयाँ राशिको उक्त पुरस्कार पाउने रुइत दोस्रो प्रतिभा हुन् । प्रतिष्ठानले यसअघि नेपाल राष्ट्रबैंकका प्रथम गभर्नर हिमालय शमशेर जबरालाई यो पुरस्कार प्रदान गरेको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिए ।

२०११ भदौ १९ गते ताप्लेजुङको ओलाङ्चुङगोलामा जन्मिएका रुइत आँखामा हुने मोतियाविन्दु रोगको उपचार चिकित्सा पद्धति ’रुइतेक्टोमी’का प्रवर्तक पनि हुन् ।

प्रतिष्ठानले २०६७ सालदेखि कृषि, साहित्य पत्रकारिता, महिला सशक्तीकरण, बालबालिकाका क्षेत्रलाई समेट्दै विभिन्न विधामा पुरस्कृत गर्दै आएको छ ।

प्रतिष्ठानले देवी ओली स्मृति राष्ट्रिय बाल प्रतिभा पुरस्कार झापा बुद्धशान्ति गाउँपालिका १ का बाल वैज्ञानिक १७ वर्षीय सविन बाँस्कोटालाई दिने भएको छ । पुरस्कारको राशि १ लाख १ हजार १ सय ११ रुपैयाँ छ ।

१७ वर्षीय बाँस्कोटाले रोबर्ट, ड्रोन, मोटरसाइल इलेक्ट्रोनिक सामान निर्माण गरेकाले सम्मानस्परुप पुरस्कार प्रदान गरिएको हो ।

आगामी बैशाख ४ गते भद्रपुरमा आयोजना हुने विशेष समारोहबीच कोशी प्रदेशका प्रमुख परशुराम खापुङले डक्टर रुइत र बास्कोटालाई सम्मानित गर्ने भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer