२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी


मेचीनगर, चैत १५ । बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

मेचीनगर-४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो ।

जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका लागि रिक्की प्रधान र श्याम मुर्मूले १–१ गोल गरेका थिए ।

खेलको १७ औँ मिनेटमा पहिलो गोल गर्दै बाहुनडाँगीका कप्तान समेत रहेका रिक्की प्रधानले टिमलाई अग्रता दिलाएका थिए । खेलको २९ औँ मिनेटमा दोस्रो गोल गर्दै श्याम मुर्मूले अग्रता दोब्बर बनाए ।

खेलमा कचनकवलले गोल गर्नका लागि विभिन्न अवसर बनाए पनि गोल भने गर्न सकेन । खेलको प्लेयर अफ द म्याच बाहुनडाँगीका रिक्की प्रधान भए । उनले ट्रफी र नगद १५०० पाए ।

प्रतियोगिताको विजेताले नगद १ लाख एक हजार र उपविजेताले नगद ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल चैत २२ गते हुने आयोजक बाहुनडाँगी जेसीजका अध्यक्ष देबु बानियाँले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer