२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

भलिबल संघका उपाध्यक्ष खड्का प्रदेश खेलकुद विकास बोर्ड सदस्यमा नियुक्त


बिर्तामोड, चैत १५ । भलिबलका पूर्वराष्ट्रिय खेलाडी तथा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष मदन खड्का कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्यमा नियुक्त भएका छन् ।

झापा बिर्तामोडका खड्का बिर्तामोडस्थित मेहरमान बहुउद्देश्यीय कभर्डका सचिव हुन् भने स्थानीयस्तर भलिबलसँगै ब्याडमिन्टनको प्रवर्धनमा क्रियाशील छन् ।

त्यस्तै, झापा गाउँपालिकाका युवा गौरीमान राई पनि बोर्ड सदस्यका नियुक्त भएका छन् । बोर्डले उपाध्यक्षमा कोशी प्रदेशसभाकी पूर्वसांसद विन्दिया कार्की नियुक्त गरेको छ ।

गत शुक्रबारको प्रदेश मन्त्रिपरिषद् बैठकले उनीहरुलाई नियुक्त गर्ने निर्णय गरे पनि आज प्रदेशका सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले बोर्डका सदस्य सचिव हंशराज वाग्लेको उपस्थितिमा उनीहरुलाई नियुक्तिपत्र दिँदै सपथ गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer