२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

भद्रपुर क्रिकेट मैदान स्तरवृद्धिका लागि समिति


बिर्तामोड, चैत १५ । १५ वर्षअघि क्रिकेट मैदानका लागि काम गर्ने भनिए पनि अलपत्र जस्तै रहेको मेची बहुमुखी क्याम्पस भद्रपुरको हाताभित्र रहेकोक्रिकेट मैदानको स्तरवृद्धि तथा संघसंस्थासँग सम्झौताका लागि पूर्वक्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको छ ।

समितिमा संयोजक श्रेष्ठसहित पूर्वक्याम्पस प्रमुख चिन्तामणि दाहाल, वडा अध्यक्ष गौरव सुब्बा, सहप्राध्यापक होमप्रसाद सिटौला, क्याम्पसकै अतिरिक्त क्रियाकलाप प्रमुख डम्बरप्रसाद रेग्मी, प्राध्यापक संघका अध्यक्ष लीला अधिकारी, कर्मचारी संघका अध्यक्ष शंकर मैनाली र स्ववियु अध्यक्ष सन्देश धमलालाई पदेन सदस्यमा राखिएको छ ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष पृथ्वीविक्रम राईको अध्यक्षतामा भएको बैठकले समितिको सदस्य सचिवमा क्याम्पसका प्रशासक हेमराज प्रसाईंलाई राखेको छ ।

२०६५ साल जेठमा नेपाल क्रिकेट संघसँग सम्झौता गर्दै क्याम्पसले २५ वर्षका लागि सो स्थानमा क्रिकेट खेलमैदान बनाउने जनाएको थियो ।

१५ वर्षसम्म मैदान सम्याउने काम मात्र भए पनि हाल आएर वडा अध्यक्ष गौरव सुब्बाको अगुवाईमा खेल मैदान बनाउने काम तीव्र रुपमा अघि बढिरहेको छ । संघबाट उनकै पहलमा रोप समेत आइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer