२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

मेची क्याम्पस प्रमुखमा तीनजनाको नाम सिफारिस


बिर्तामोड, चैत १५ । मेची बहुमुखी क्याम्पस भद्रपुरको प्रमुखमा तीनजनाको नाम सिफारिस गरिएको छ ।

क्याम्पस व्यवस्थापन समितिको बैठकले आगामी चार वर्षीय कार्यकालका लागि क्याम्पस प्रमुखमा हालका क्याम्पस प्रमुख जीवन पोखरेलसहित शारदानन्द झा र झगप्रसाद बरालको नाम सिफारिस गरेको हो ।

त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसको सञ्चालक समितिले छनोट गरेको सर्च कमिटीले सिफारिस गरेको नामलाई सञ्चालक समितिले अनुमोदन गर्दै त्रिविमा पठाउने निर्णय गरेको हो ।

सिफारिस गरिएका नामलाई नै त्रिवि उपकुलपतिले क्याम्पस प्रमुखमा नियुक्ति गर्ने प्रचलन छ । सामान्यतः एक नम्बरमा परेको नामलाई नै नियुक्त गर्ने गरिएको छ ।

क्याम्पसका हालका क्याम्पस प्रमुख जीवन पोखरेलको पदावधि यही चैत २४ गते सकिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer