२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

कोदोबालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदै


बिर्तामोड, चैत १६ । झापाको अर्जुनधारा नगरपालिकाले कोदो खेतीका लागि योजना बनाइरहेको बेला नेपालमा कोदो बालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुने भएको छ ।

पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय बहसमा भारतका प्रख्यात कृषि वैज्ञानिक तथा होमियोप्याथिक चिकित्सक डक्टर खदर अली सहभागी हुने राष्ट्रिय कृषक समूह महासंघ नेपालले जनाएको छ ।

महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठका अनुसार कोदोजन्य बालीको महत्व र स्वास्थ्य चेतना बढाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो । काठमाडौँको बत्तीसपुतलीमा हुने कार्यक्रममा नेपालका कृषि विज्ञ र किसान समूहको उपस्थिति रहनेछ ।

पछिल्ला केही वर्षदेखि कोदोलाई अन्तर्राष्ट्रियस्तरमै प्रवर्धन गर्न लागिएको छ । अघिल्लो वर्ष सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बालीवर्षको रुपमा मनाइएको थियो ।

नेपालले पनि यसलाई विशेष प्राथमिकता दिँदै देशव्यापी रूपमा कोदोजन्य बाली वर्ष मनाएको छ । २०७७ सालदेखि साउन १५ लाई कोदो दिवसको रुपमा मनाइने गरिएको छ ।

नेपालको तराईदेखि समुद्र सतहबाट ३१ सय मिटरसम्मको उच्च पहाडी क्षेत्रमा कोदो लगाइन्छ । यो बाली कम वर्ष हुने क्षेत्रमा, कम उर्वर भूमिमा, सिञ्चित र असिञ्चत दुवै अवस्थामा पनि उब्जिन सक्ने भएकाले यसको महत्व छ ।

कोदोजन्य बालीमा कोदो, कागुनु, जुनेलो र चिनो पर्छन् । कोदोको खेती देशका सबैजसो भूभागमा हुन्छ भने कागुनु र चिनोजस्ता बालीको खेती विशेषगरी पश्चिमी भेगमा हुने गर्छ ।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठनका अनुसार कोदो पोषिलो अन्नमा पर्छ । स्वास्थ्यको दृष्टिकोणले कोदो महत्वपूर्ण मानिन्छ, तर यसको खेती र उत्पादन घट्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer