२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

शिवसताक्षीका युवाको माईखोलामा डुबेर मृत्यु


बिर्तामोड, चैत १६ । इलामको माई नगरपालिका-२ चेप्टीस्थित माईखोलामा डुबेर एक युवाको मृत्यु भएको छ ।

आज भएको घटनामा मृत्यु हुनेमा झापा शिवसताक्षी नगरपालिका–४ लालपानीका २१ वर्षीय मुकेश ढकाल रहेको लोदिया प्रहरी चौकी दानाबारीका इन्चार्ज कैलाशकुमार केसीले जानकारी दिए ।

झापाबाट तीनवटा मोटरसाइकलमा हेप्पी ड्रिम्स चेप्टी घुम्न गएका ढकालसहित उनकै सानिमा, मामा र फुपूका छोराहरु माईखोलामा पौडी खेल्न गएका थिए ।

साथीहरुसँग छुटेर पौडी खेल्न गएका ढकाललाई अपरान्ह १२ बजे माईखोलाको दहमा मृत अवस्थामा भेटिएको थियो ।

भारतमा पढ्दै आएका उनी केही दिनअघि झापा घर आएका थिए । मृतक ढकालका बुवा भारतमा र आमा दुबईमा रोजगारीमा रहेका छन् ।

ढकाललाई प्रहरी र स्थानीयबासीको सहयोगमा दहबाट निकालेर पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer