२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

२२ महिने सिद्धार्थको बोनम्यारो प्रत्यारोपणका लागि आर्थिक सहयोगको अपिल


मेचीनगर, चैत १६ । मेचीनगर–८ निवासी दिपेन बरालका २२ महिने छोरा सिद्धार्थबाबु बरालको बोनम्यारो क्यान्सरको प्रत्यारोपणका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।

आज प्रेस क्लब मेचीनगरमा पत्रकार सम्मेलन गर्दै सिद्धार्थका बुवा दिपेन बरालले बोनम्यारो प्रत्यारोपणका लागि एक करोड लाग्ने भएपछि उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैलाई अपिल गरेका छन् ।


पाँच महिनाअघि देखिएको बोनम्यारोको उपचार दक्षिण भारतको भेल्लोरस्थित सिएमसी अस्पतालमा भइरहेका सिद्धार्थको उपचारका लागि अहिलेसम्म २३ लाख खर्च भइसकेको छ ।

अस्पतालमा १५ दिनभित्रमा भारतीय रुपैयाँ ६५ लाख जम्मा गर्नुपर्ने भएकाले परिवारले रकम जुटाउन नसक्ने हुँदा सबैले सहयोग गरी छोराको जीवन बचाउन सबैले सकेको आर्थिक सहयोग गरिदिन अनुरोध गरेका छन् ।

यसैबीच, प्रेस क्लब मेचीनगरमार्फत सिद्धार्थको उपचारका लागि मेचीनगर– ७ निवासी धर्मराज घिमिरेले पाँच हजार एक सय नगद उपलब्ध गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer