२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

कमल गाउँपालिकामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु


दमक, चैत १७ । झापाको कमल गाउँपालिकामा शुक्रबार राति हात्तीको आक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ ।

तीन दिनअघि मात्रै शिवसताक्षीकी एक महिलाको हात्तीकै आक्रमणबाट मृत्यु भएको थियो । प्रहरीका अनुसार कमल गाउँपालिका वडा नम्वर ५ गुहेश्वरी निवासी ५८ वर्षीया खड्गमाया लिम्बूको हात्तीको आक्रमणबाट शुक्रबार राति ज्यान गएको हो ।

सुतिरहेको अवस्थामा बारबेरासहितको घर भत्काउन थालेपछि लिम्बू भागेकी थिइन् । भाग्ने क्रममा घरभन्दा करिब ३० मिटर पर हात्तीले पछारेर लिम्बूलाई मारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तीन दिनअघि मात्रै रतुवामाई वृक्षारोपण आयोजनाको क्षेत्रभित्र हात्तीले आक्रमण गर्दा शिवसताक्षी ११ की ६० वर्षीया पवित्रा भेटवालको मृत्यु भएको थियो । घटनामा उनका श्रीमान घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer