२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

राष्ट्रसेवक साकोसको स्थापना दिवसमा सम्मान


भद्रपुर, चैत १८ । नेपाल नेजामती कर्मचारी संगठन झापामा आबद्ध राष्ट्रसेवकहरुले सञ्चालन गरेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था झापाको २५ औँ स्थापना दिवस तथा रजत जयन्ती मनाइएको छ ।

भद्रपुर नगरपालिका वडा नम्बर १० को सभाहलमा शनिबार आयोजित एक समारोहका बीच प्रदेशसभा सदस्य छविलाल चुडालले राष्ट्रसेवक साकोसको २५ औँ स्थापना दिवस उद्घाटन गरेका थिए ।

समारोहमा संस्थाका जेष्ठ सदस्य, उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणी सदस्यलाई सम्मान गरिएको थियो । जेष्ठ सदस्यका रुपमा केशव लम्साल र कुसुम लामालाई सम्मान गरिएको छ ।

संस्थाका उत्कृष्ट कारोबार गर्ने सदस्यहरु हरिप्रसाद अधिकारी, डोरप्रसाद दुलाल, देविका पोखरेल, मदन चौधरी र विष्णु पोखरेललाई सम्मान गरिएको थियो ।

उनीहरुलाई प्रमुख अतिथि चुडाल, संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीलगायतले सम्मानपत्रसहित दोसल्ला ओढाएर र मायाको चिनो प्रदान गरेर सम्मान गरेका थिए ।

कार्यक्रममा चुडालसहित नेपाल निजामती कर्मचारी संगठन झापा अध्यक्ष केदार पोखरेल, स्वपनादेवी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष माधव घिमिरे, सम्मानित विष्णु पोखरेललगायतले मन्तव्य राखेका थिए ।

उपाध्यक्ष डिल्लीराम ढकालले उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सचिव नवराज पोखरेलले गरेका थिए ।

सोही अवसरमा सहकारीविज्ञ खेम बगालेले सदस्य शिक्षाबारे प्रशिक्षणसमेत प्रदान गरेको संस्थाका व्यवस्थापक अनुज खतिवडाले जानकारी दिए ।

संस्थाले रजत उत्सवको अवसरमै सरसफाई प्रवर्धनका लागि आज भद्रपुर नगरपालिकाका सबै वडामा डस्टबिन वितरण गर्ने पनि व्यवस्थापक खतिवडाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer