२०८१ बैशाख २६ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

काँकरभिट्टा एफटिसी सेमिफाइनलमा


मेचीनगर, चैत १८ । दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा किलारामजोत एकलव्य युवा संघ भारतमाथि शानदार जित निकाल्दै काँकरभिट्टा एफटिसीले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ ।

कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा जारी प्रतियोगितामा किरामजोत एकलव्य युवा संघ भारतलाई ५–० को जित निकाल्दै काँकरभिट्टा फुटबल टे«निङ सेन्टर सेमिफाइनल प्रवेश गरेको हो ।

खेल सुरु भएको दोस्रो मिनेटमा काँकरभिट्टाका लागि मनकुमार लिम्बूले टिमलाई अग्रता दिलाए । २२ औँ मिनेटमा काँकरभिट्टाका खमिरगिल्सन कन्दङवाले टिमको अग्रता दोब्बर पारेका थिए । आशिष चापागार्इंको पासलाई सदुपयोग गर्दै खमिरले गोललाई जाली चुमाएका थिए ।

३२ औँ मिनेटमा उदिप चेम्जोङको पासमा आशिष चापागाईंले व्यक्तिगत एक गोल गरी टिमलाई ३–० को स्थितिमा पु¥याएका थिए । ३५ आँै मिनेटमा मनकुमार लिम्बूले व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमा काँकरभिट्टा ४–० को स्थितिमा रहेको थियो ।

त्यसैगरी, आशिष चापागाईंले ६८ आँै मिनेटमा गोल गर्दै जित सुनिश्चित गराए । चापागाईंले वान भर्सेस वानमा गरेको पहिलो प्रहार विपक्षी गोलरक्षक राजीव सिंहले बचाउँदा रिबाउन्ड भएको बललाई फ्लिक गर्दै गोल गरे ।

तुलनात्मक रुपमा किलारामजोत भन्दा काँकरभिट्टाले गोलको अवसर बढी सिर्जना गरेको थियो । काँकरभिट्टाको डिफेन्स लाइनलाई चिर्न नसक्दा किरामजोतलाई गोलको खडेरी लागेको थियो ।

खेलको प्लेयर अफ दि म्याच आशिष चापागाईं घोषित भए । उनलाई नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी कार्गिल सहिद परिवार सदस्य भाइ नेत्रराज थापा क्षेत्रीले वितरण गरे ।

बाहुनडाँगी जेसीजको आयोजनामा जारी प्रतियोगिता चैत २२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आठवटा टिमले सहभागिता जनाएका छन् । विजेताले एक लाख एक हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ५१ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् ।

त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडीले नगद ५ हजारसहित ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

बाहुनडाँगी जेसीज सचिवालय निर्माण गर्ने उद्देश्यले आयोजित फुटबल प्रतियोगितामा झापा गोल्डकप र जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer