२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ भाउ बढ्यो


बिर्तामोड, चैत १८ । नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलेका मूल्यमा प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएकोले नेपालमा पनि पेट्रोलमा मूल्य बढाएको हो ।

जसअन्तर्गत पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १७२.५०, दोस्रो वर्ग १७४ र तेस्रो वर्गमा १७५ रुपैयाँ पुगेको छ । वृद्धि भएको मूल्य आजै रातिदेखि लागु हुने निगमले जनाएको छ । झापा पहिलो वर्गमा पर्छ ।

निगमले डिजेल, मट्टितेल, एलपी ग्यास तथा हवाई इन्धनको भने मूल्य यथावत राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer