२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

निन्दा खोलाबाट तीनवटा ट्र्याक्टर नियन्त्रणमा


मेचीनगर, चैत १९ । नदीजन्य पदार्थ अवैध रुपमा ओसारपोसार गरिरहेका तीनवटा ट्र्याक्टरलाई प्रहरीले मेचीनगरको निन्दा खोलाबाट नियन्त्रणमा लिएको छ ।

प्रहरीले हिजो दिउँसो २ः३० बजेको समयमा मेचीनगर १५ स्थित निन्दा खोलाबाट मे.१ त ४६१, मे.१ त ४०२९ र नम्बर नखुलेको एउटा ट्र्याक्टर नियन्त्रणमा लिएको हो ।

ती ट्र्याक्टरले नदीजन्य पदार्थ मिक्स गिट्टी अवैध रुपमा ओसारपोसार गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले भेटाएर नियन्त्रणमा लिएको हो ।

ती ट्र्याक्टरलाई आवश्यक कारबाहीको लागि मेचीनगर नगरपालिकाको कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer