२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

दमककी खातुन: एक वर्षमा सातवटा परीक्षा उत्तीर्ण गर्दै बैंकको व्यवसाय अधिकृत


बिर्तामोड, चैत २० । झापा दमककी मोबिना खातुन एक वर्षमा लोकसेवा आयोगको सातवटा परीक्ष पास गर्ने इस्लाम समुदायबाट पहिलो महिला हुन् ।

हाल कृषि विकास बैंकमा कार्यरत छिन् । कृषि विकास बैंक राजविराजमा व्यवसाय अधिकृतको रुपमा कार्यरत मोबिनाले ०७८–७९ मा लोकसेवा आयोगमा सातवटा परीक्षा दिएकी थिइन् ।

पहिलोपटक नेपाल बैंक लिमिटेडको सहायक पदमा परीक्षा पास गरेकी उनले लगातार बैंककै परीक्षा दिइरहिन् । उनले कनिष्ठ सहायक (नेपाल बैंक लिमिटेड), सहायक (राष्ट्रिय वाणिज्य बैंक लिमिटेड), वरिष्ठ सहायक (राष्ट्रिय वाणिज्य बैंक लिमिटेड), सहायक प्रबन्धक (राष्ट्रिय वाणिज्य बैंक लिमिटेड), व्यवसाय सहायक (कृषि बैंक लिमिटेड) मा नाम निकाल्न सफल भइन् ।

बारा कलैयाका लाल महमद मन्सुर र साहजहान खातुनकी छोरी मोबिना विवाह गरेर झापा दमक आएकी हुन् । उनी व्यवसाय गर्ने परिवारमा हुर्किएकै कारण बैंक क्षेत्रमा प्रवेश गरेको बताउँछिन् ।

उच्च शिक्षा अध्ययन गरेको समयमा बुबाले बैंकमा ब्याज तिर्न, पैसा जम्मा गर्न बैंक पठाउने गर्थे । उनले भनिन्, ‘बैंकभित्र प्रवेश गरेपछि सधैँ आनन्द लाग्थ्यो । बैंक क्षेत्रमै प्रवेश गर्न पाए कस्तो हुन्थ्यो होला भन्दै सधैँ कल्पना गर्थें ।’

बैंकप्रति आकर्षित उनले क्याम्पस तहमा बिबिएस अध्ययन सुरु गरिन् । बैंकर्स बन्ने अठोट बोकेर बिबिएस पढ्दै गरेकी उनको त्यसै बीचमा दमकका महफूज आलमसँग बिहे भयो ।

विवाहपछि दमक बहुमुखी क्याम्पसबाट एमबिएस अध्ययन पूरा गरिन् । उनको विवाह पनि व्यापारिक परिवारमै भयो । परिवारबाट पनि ठुलो सहयोग भएकै कारण मेहनतअनुसारको सफलता हात पारेको उनको भनाइ छ ।

कोसिस गर्नेहरुका लागि कुनै काम कठिन नहुने उनको तर्क छ । उनले लोकसेवा अध्ययनमा मुख्यतः रुचि नै जरुरीको विषय भएको बताउँछिन् । ‘रुचि भए अध्ययन पनि मेहनतका साथ गर्न सकिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer