२०८१ बैशाख २५ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

धुलाबारीलाई हराउँदै काँकरभिट्टा एफटिसी फाइनलमा


मेचीनगर, चैत २० । कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा जारी दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर फाइनल प्रवेश गरेको छ ।

मंगलबार सम्पन्न सेमिफाइनलमा रोलिङ फुटबल क्लब धुलाबारीविरुद्ध १-० को कठिन जित निकाल्दै काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर उपाधिनजिक पुगेको हो ।

काँकरभिट्टाका आशिष चापागाईंले गरेको एक गोल नै निर्णायक बन्यो । ६४ औँ मिनेटमा आशिषले गरेको प्रहारले सिधै जाली चुमेको थियो ।

खेल अवधिभर धेरै समय बल पोजिसनमा राखेको काँकरभिट्टाले गोल गर्ने थुप्रै अवसर खेर फाल्यो । खेलको प्लेयर अफ दि म्याच आशिष चापागाईं भए । उनले नगद १ हजार ५ सयसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगितामा आठवटा टिमले सहभागिता जनाएका छन् । विजेताले एक लाख १ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ५१ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् ।

त्यस्तै, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडीले नगद ५ हजारसहित ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

बाहुनडाँगी जेसीज सचिवालय निर्माण गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा झापा गोल्डकप र जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको छ ।

प्रतियोगिताको फाइनल खेल चैत २२ गते काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र बाहुनडाँगी युवा क्लबबीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer