२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

राष्ट्रिय सहकारी दिवसमा नेपालका उत्कृष्ट झापाका सहकारीलाई सम्मान


बिर्तामोड, चैत २० । झापा जिल्ला सहकारी संघले ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर तीन उत्कृष्ट सहकारीलाई सम्मान गरेको छ ।

बिर्तामोडस्थित सिटी सेन्टर परिसरमा आयोजित कार्यक्रममा देशकै सबैभन्दा ठुलो सहकारी सहारा नेपाल सकोस, दोस्रो नेपाल बहुउद्देश्यीय सहकारी संस्था र नवौं स्थानमा रहेको कर्णाली साकोसलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले ती संस्थाका प्रतिनिधिलाई सम्मानपत्र प्रदान गरेको थिए ।

सहारा नेपालका अध्यक्ष हरिबहादुर राजवंशी, प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरी, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी र प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती तथा कर्णाली सहकारीका अध्यक्ष टसबहादुर श्रेष्ठ र कार्यकारी प्रमुख कुमार याक्सोलाई प्रमुख अतिथि गिरीले सम्मान गरेका थिए ।

संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि गिरी, राष्ट्रिय सहकारी महासंघका निर्वतमान अध्यक्ष मिनराज कडेल, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालगायतले सहकारी संस्थालाई व्यवस्थित गर्दै लानुपर्नेमा जोड दिएका थिए ।

सोही कार्यक्रमका बीच राष्ट्रिय सहकारी महासंघका निर्वचन अध्यक्ष मीनराज कडेललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संघले प्रकाशन गरेको सहकारी स्मारिका समेत विमोचन गरिएको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव भवानीप्रसाद दङ्गालले गरेका थिए ।

कार्यक्रममा विभिन्न जातजातिको पहिचान झल्कने झाँकी प्रदर्शनी गरिएको थियो । कार्यक्रमअघि झापाका विभिन्न स्थानमा सञ्चालित सहकारीका प्रतिनिधिहरूले प्रभातफेरीको आयोजना गरेका थिए ।

कार्यक्रमअघि बिर्तामोडस्थित उत्तरतर्फ महानन्दचोक, पश्चिमतर्फ भगवानचोक, दक्षिणतर्फ बिर्ताबजार र पूर्वतर्फ बसपार्क क्षेत्रबाट विभिन्न २९ वटा नारासहितको प्लेकार्ड र झाँकीसहितको ¥याली आयोजना गर्दै कार्यक्रम स्थलमा सहकारीकर्मी पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer