२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

गौरादहका दुईवटा सहकारीमा एकैरात चोरी


दमक, चैत २१ । झापा गौरादहका दुर्ईवटा सहकारीमा एकैरात तोडफोड र चोरी भएको छ । हिजो राति गौरादह ५ स्कुलचौन बजारमा रहेको जनहित सहकारी र चप्रामारीको महारानी झोडा सहकारीमा कार्यालय फोडेर चोरी भएको हो ।

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली खटाइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । यसअघि गत चैत ५ गते राति गौरादह–९ बैगुनधुरास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको थियो ।

त्यस्तै, केही दिनअघि हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको हल्दिबारीको मंगलबारेमा रहेको शाखामा चोरी गर्ने प्रयास भएको थियो ।

त्यस्तै, कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोड ४, साना किसान कृषि सहकारी संस्था हल्दिबारी ४, एकता बहुउद्देश्यीय सहकारी संस्था हल्दिबारीलगायतका संस्थामा चोरी र तोडफोडका घटना भएका थिए ।

गत फागुन १० गते जिल्लाका विभिन्न सहकारी संस्थाहरुमा लगातार भइरहेको चोरी र तोडफोडको घटनाप्रति झापा जिल्ला सहकारी संघले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer