२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

सहारा नेपाल २९ औँ वर्षमा, बन्यो नेपालकै ठुलो सहकारी


बिर्तामेड, चैत २१ । कारोबार र सदस्य संख्यामा नेपालको सबैभन्दा ठुलो सहकारी सहारा नेपाल साकोस २९ औँ वर्षमा प्रवेश गरेको छ ।

झापाको बिर्तामोड २ चारपानेमा केन्द्रीय कार्यालय रहेको सहाराले आज बिर्तामोडमा विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउने तयारी गरेको छ ।

‘मेरो गौरव, मेरो सहारा, सधैँका लागि सबैका लागि’ नारा रहेको सहारा नेपालले आज जीवन बदल्ने कार्यक्रमको आयोजना गरेको छ । डा. योगी विकासानन्दले प्रवचन दिने कार्यक्रममा सहकारीकर्मी र इच्छुकहरुलाई निमन्त्रण गरिएको कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिए ।

१ लाख ६९ हजार १९२ जना सदस्य रहेको सहाराले ८१ वटा सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ । १ अर्ब ६८ करोड ११ लाख ५६ हजार ७ सय शेयर पुँजी रहेको सहाराको जगेडा कोष १ अर्ब २४ करोड २ लाख १७ हजार ४३० रुपैयाँ पुगेको छ ।

१० अर्ब ८१ करोड ६८ लाख ९४ हजार ९१२ रुपैयाँ ऋण लगानी गरेको सहारा सकोसको बाह्य ऋण शून्य रहेको छ । संस्थामा १२ अर्ब १२ करोड रुपैयाँ बचत रहेको बताइएको छ ।

१६ अर्ब ६ करोड ४३ लाख वासलत रहेको सहारा सामाजिक क्षेत्रमा सहकारीहरुमध्येकै क्रियाशील संस्थाको रुपमा परिचित छ । जिल्लामा आइपर्ने विपदमा सहारा अग्रणी रुपमा सहयोगी भूमिका निर्वाह गर्दै आएको छ ।

गरिबी न्यूनीकरण र उद्यमशीलतासँगै रोजगार सिर्जनामा काम गर्दै आएको संस्थाले स्वास्थ्य, शिक्षा क्षेत्रमा योगदान गरिरहेको छ । पछिल्लो सार्वजनिक एक तथ्यांकले सहारा नेपाल सुशासनमा पनि अब्बल भएको दाबी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer