२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा प्रेसिडेटियल ग्रेजुएट स्कुलको ‘एकाडेमिक लिडर्स एन्ड मेनेजर्स मिट’


बिर्तामोड, चैत २४ । अन्तर्राष्ट्रियस्तरको शिक्षा दिँदै आएको काठमाडौँको प्रेसिडेटियल ग्रेजुएट स्कुलले झापाको बिर्तामोडमा ‘एकाडेमिक लिडर्स एन्ड मेनेजर्स मिट’ कार्यक्रम गरेको छ ।

बिर्तामोड, भद्रपुर र आसपासमा रहेको विद्यालयका ७५ जना प्रतिनिधि सहभागी कार्यक्रममा प्रेसिडेटियल ग्रेजुएट स्कुलका बिजनेस हेड सुशान्त त्रिपाठीले नेपालमै बसेर अन्तर्राष्ट्रिय डिग्री लिन सकिने जानकारी दिए ।

विदेश गएर उच्च शिक्षा लिन झनझट र खर्चिलो भएकाले नेपालमै बसेर अन्तर्राष्ट्रियस्तरको डिग्री लिन त्रिपाठीले सुझाव दिए । अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयबाट सम्बन्धप्राप्त प्रेसिडेटियल ग्रेजुएट स्कुलमा स्नातक र स्नातकोत्तर तहको पढाइ हुने उनले जानकारी दिए ।

प्रेसिडेटियल ग्रेजुएट स्कुलमा बिबिए, एमबिए तहमा आइटी तथा डिजिटल विषयमा पढाइ हुने त्रिपाठीको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer