२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बुधबारेमा आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने


बिर्तामोड, चैत २६ । झापाको बुद्वशान्तिमा एक दशकपछि तेस्रो आदर्श च्यालेनज कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

आदर्श युवा क्लबको आयोजनामा हुने प्रतियोगिता बैशाख १५ गतेदेखि हुने आयोजकले जनाएको छ । नेपाल र भारतका आठ टिमको सहभागिता रहने आयोजकले सोमबार पत्रकार सम्मेलन गरेर जनाकारी दिएको छ ।

२०७० सालमा सुरु भएको प्रतियोगिताको २०७१ सालमा दोस्रो संस्करण भएको थियो । दोस्रो संस्करणपछि स्थगित प्रतियोगिता यो वर्ष तेस्रोपटक हुन लागेको हो ।

प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख ट्रफी र मेडल पाउने छन् । प्रत्येक खेलको प्लेयर अफ द म्याच हुने खेलाडीले नगद ३ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

फाइनल खेलका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगिता सम्पन्न गर्न २२ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजक क्लबका निवर्तमान अध्यक्ष मनेष दाहालले जानकारी दिए ।

प्रतियोगितालाई भव्य बनाउन हरेक दिन सांस्कृतिक कार्यक्रम, विभिन्न जातजातिका झाँकी प्रदर्शन गरिने तयारी रहेको आयोजक समितिका दुर्योधन सिंह (देव) ले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer