२०८१ बैशाख ३० आइतबार
Jhapa Today
Adv top
Adv below_nav

दमकको लाइफलाइन अस्पतालमा आगलागी


दमक, चैत २८ । झापाको दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ ।

अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिंदा उक्त क्षति भएको हो ।

आगलागीबाट प्रेमबहादुर धिमालको ९२ लाख बराबरको क्षति भएको छ । त्यस्तै नजिकै रहेको लाइफलाइन अस्पतालको डाइलिसिस गर्ने मेशिनमा क्षति पुगेको छ । त्यसबाट डेढ करोड बराबरको क्षति भएको जनाइएको छ । त्यस्तै मेघबहादुर तामाङको रुवि होटेलमा पनि क्षति पुगेको छ । तामाङको करिब १६ लाख बराबरको क्षति भएको छ । अर्को घरमा पनि क्षति पुग्दा करिब दुई लाख बराबरको क्षति भएको दमक प्रहरीले जनाएको छ ।

दमक,कमल , गौरादह र पथरीको दमकल ,स्थानीय र प्रहरीको सहयोगमा राति ८ बजेतिर आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । इन्भर्टरबाट सो आगलागी भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer