२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

एनएमएसआरए क्रिकेटः एनसिडिए झापा फाइनल प्रवेश


बिर्तामोड, बैशाख १ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापा एनएमएसआरए मेची इकाइ आयोजना गरेको प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज अर्जुनधारा ११ स्थित खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा धरानको एनएमएसआरएलाई हराउँदै एनसिडिए झापा उपाधिनजिक पुगेको हो ।

एनसिडिए झापाले एनएमएसआरए धरानलाई ४ विकेटले हराएको हो । प्रतियोगितामा एनसिडिए झापाका अनिश लुइँटेल प्लेयर अफ द म्याच भए ।

९७ रनको लक्ष्य पछ्याएको एनसिडिएले १२ ओभरमा ६ विकेटको क्षतिमा जित निकालेको थियो । एनसिडिएका लागि रोशन थापाले ३४ रन, प्रदिप बस्नेतले २१ रन र सुरज कोइरालाले १९ रन जोडे । सन्देश चापागाईं ११ रनमा नटआउट रहे ।

एनएमएसआरए धरानका उमेश चौधरीले ३ र आदित्य ठाकुरले २ विकेट लिए ।

त्यस्तै, पहिलो ब्याटिङ गरेको एनएमएसआरए धरानका लागि उमेश चौधरीले २० रन, दिपेश ओझाले १८ रन र गोकुल धितालले १७ रन जोडे ।

एनसिडिए झापाका अनिश लुइँटेलले ३ विकेट र सन्देश चापागाईं र आश्विन महतले एकएक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer