२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

एनएमएसआरए विराटनगर फाइनलमा


बिर्तामोड, बैशाख १ । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) विराटनगर झापाको अर्जुनधारामा जारी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

एनएमएसआरए मेची इकाइले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज अर्जुनधारा ११ स्थित खेलमैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा धर्म मेनेजर टिमलाई हराउँदै एनएमएसआरए विराटनगरले फाइनलमा एनसिडिए झापासँगको भेट पक्का गरेको हो ।

एनएमएसआरए विराटनगरले धर्म मेनेजर टिमलाई १२१ रनले हराएको हो । प्रतियोगितामा एनएमएसआरए विराटनगरका विशाल चौधरी प्लेयर अफ द म्याच भए ।

एनएमएसआरए विराटनगरले निर्धारित १६ ओभरमा २१६ रनको विशाल योगफल बनाएको थियो । टिमका लागि विशाल चौधरीले ५६ रन, लोमस निरौलाले ४९ रन, सरोज बस्नेतले नटआउट रहँदै ४८ रन, प्रशान्त राई २६ र विवेक सिंहले १६ रनको योगदान दिए ।

धर्म मेनेजर टिमका मिथुन झा र राहुल शाहले एकएक रन लिए ।

लक्ष्य पछ्याउने क्रममा धर्म मेनेजर टिम ९५ रनमै अलआउट भयो । टिमका लागि शिवराज राजवंशीले २३, प्रकाश खनालले २७ र दिपक बास्तोलाले ९ रनको योगदान दिए । फितलो प्रदर्शनका कारण टिम एनएमएसआरए विराटनगरको अगाडि निरीह देखिएको थियो ।

एनएमएसआरए विराटनगरका आलोक कर्णले ३ विकेट लिए भने अमितजंग रायमाझीले २ र विशाल चौधरीले एक विकेट लिए ।

कोशी प्रदेशका आठवटा मेडिकल सम्बद्ध टिम सहभागी प्रतियोगिताको फाइनल खेल बैशाख ८ गते हुने आयोजक एनएमएसआरए मेची इकाइका अध्यक्ष विनोद राजवंशीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer