२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा तीन करोड लगानीमा होटल रुस्किन सञ्चालनमा


बिर्तामोड, बैशाख १ । नयाँ वर्ष २०८१ को अवसर पारेर पूर्वको व्यापारिक केन्द्र झापाको बिर्तामोडमा होटल रुस्किन सञ्चालनमा आएको छ ।

बिर्तामोड–५ स्थित बसपार्क जाने बाटोमा होटल रुस्किन सञ्चालनमा आएको हो । तीन करोड रुपैयाँका लगानीमा युवा व्यवसायी नरेश श्रेष्ठले सञ्चालनमा ल्याएको होटलको आज बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महताराले उद्घाटन गरिन् ।

होटल सञ्चालिका भगवती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक श्रेष्ठले स्वागत मन्तव्य राख्दै होटलले प्रदान गर्ने सेवा सुविधाका बारेमा जानकारी दिएका थिए ।

होटलमा ११ वटा एसी कोठा र ४ वटा ननएसी कोठाहरु छन् । त्यस्तै, होटलमा थकालीसहित विभिन्न प्रकारका अर्गानिक तथा स्वादिष्ट खानाका परिकार उपलब्ध रहेको श्रेष्ठले बताए । होटलमा १७ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

कार्यक्रममा बिर्तामोड–६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer