२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

सहयोगी मनहरु नेपालद्वारा मेचीनगरमा ३० परिवालाई झुल वितरण


मेचीनगर, बैशाख २ । सहयोगी मनहरु नेपालको आयोजनामा मेचीनगरमा लामखुट्टे छेक्ने झुल वितरण कार्यक्रम सम्पन्न भएको छ ।

आज मेचीनगर–९ खुट्टीडाँगीस्थित सत्यनारायण मन्दिर परिसरमा भएको कार्यक्रममा अतिविपन्न ३० परिवालाई झुल वितरण गरिएको हो।

झुल वितरण संस्थाकी सदस्य प्रतीक्षा पराजुली र प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रकी संगीता थापाको सहयोगमा भएको हो ।

सहयोगी मनहरु नेपाल नारा भएको यस संस्थाले विगतदेखि देशव्यापि रुपमा दुःखमा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ ।

गर्मी महिना सुरु भएसँगै लामखुट्टेको जोखिम बढ्दै गएको र झुल नभएको कारण कसैलै बिरामी हुनु नपरोस् भन्ने उद्देश्यले आज झापा र मोरङमा झुल वितरण भएको संस्थाका उपाध्यक्ष सुमनराज रिमालले बताए ।

प्रमुख अतिथि मेचीनगर–९ का वडा अध्यक्ष कञ्चन तामाङ रहेको कार्यक्रम संस्थाका उपाध्यक्ष रिमालको अध्यक्षतामा भएको थियो ।

सचिव विष्णु उप्रेतीले सञ्चालन गरेको कार्यक्रममा समाजसेवी युवराज कटुवाल लगायत स्थानीयहरुको उपस्थिति रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer