२०८१ बैशाख २० बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

नरिवल पानीका फाइदै फाइदा


बिर्तामोड, बैशाख ७ । नरिवल पानी जैविक रुपमा स्वस्थ र सफा पेय पर्दाथ हो । हामीले दैनिक खाने नरिवल फलफूल परिवारअन्तर्गत पर्ने महत्वर्पूण फल हो ।

यसमा ९४ प्रतिशत पानी हुनुका साथै क्यालोरीको मात्रा पनि न्यून हुन्छ । शून्य कोलेस्ट्रोल यो पानी अत्यन्तै स्वस्थ र भिटामिनहरुले भरिपूर्ण पेय पर्दाथ हो । यसमा भिटामिन बी र एमिनो एसिड पर्याप्त मात्रामा पाइन्छ । त्यस्तै, पोटासियम र म्याग्नेसियमयुक्त नरिवल पानीको फाइदा हामीहरुले सोचेभन्दा बढी फाइदा छ ।

मुटुका लागि उत्तम मानिने नरिवल र यसको पानी केवल तिर्खा मेट्ने माध्यम मात्र होइन । एक अध्ययन अनुसार नरिवल पानीले हृदय घातको खतरलाई न्यून गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ । नरिवलमा हुने उच्च मात्राको पोटासियमले शरीरमा अनावश्यक तरल पर्दाथलाई फाल्न सहयोग पुयाउनुका साथै हाइपरटेन्सनको खतरालाई घटाउँछ । नियमित एक गिलास नरिवल पानी खाँदा मुटु रोग र हृदयघातको खतरा न्यून हुन्छ ।

किड्नी स्टोनको खतरा घटाउँछ

नियमित नरिवल पानी पिउँदा किड्नी स्टोनको खतराबाट बचाउँछ । यसमा हुने पोटासियम र म्याग्नेसियमले पिसाबको प्रबाहलाई वृद्धि गरी शरीरमा अत्यधिक पानी हुने समस्याबाट बचाउँछ ।

पखलाको उपचार

तपाईंलाई पखला लागेको छ ? यदि हो भने नरिवल पानी अचुक औषधि हो । नरिवल पानीले तपाईंको शरीरबाट खेरा गइरहेको पानीको मात्रलाई पूर्ति मात्र गर्दैन इलेक्ट्रोलाइट र खनिज पनि प्रदान गर्छ । शरीरभित्र भएका अनवाश्यक हानिकारक विषहरुलाई यसले बाहिर फालिदिन्छ । नरिवल पानी प्राकृतिक रुपमा नै सबल हुन्छ । हाम्रो शरीरमा आवश्यक पर्ने इलेक्ट्रोलाइट तह नरिवललमा पाइन्छ ।

गर्मीमा शरीरलाई शितलता दिन्छ

गर्मीमा हुने तिक्षण तापक्रम र त्यसपछि पसिनाले शरीर सजिलै सुख्खा हुन्छ । गर्मी भइरहेको बेला शरीरलाई आनन्द दिनका लागि नरिवल पानी भन्दा अर्को कुनै हुन सक्दैन । कार्बोहाइड र सुगरको मात्रा न्यून तथा पर्याप्त इलेक्ट्रोलाइट्सयुक्त यो निकै ताजा पेय पर्दाथ हो ।

व्यायायमपछि पिउँदा फुर्तिलो र तन्दुरुस्ती बढाउँछ

ठुलो शारीरिक बल प्रयोग गर्ने काम गर्दा र व्यायायमको क्रममा डिहाइड्रेडको सम्भावना हुन्छ । यस्तो अवस्थामा नरिवल पानी महत्वपूर्ण पेय पर्दाथ हुनसक्छ । व्यायापपछिको डिहाइड्रेसनबाट बच्नका लागि पनि यसको महत्व छ ।
यसमा क्यालोरिको मात्रा न्यून तथा पोटासको मात्रा उच्च भएकोले शरीरबाट खेर गइरहेको झोललाई पूर्ति गर्नका लागि पनि यसको महत्व छ ।

छालामा चमकपन बढाउँछ, निखारता ल्याउँछ

ताजा नरिवल पानीको सेवनले छाला नरम बनाउनुको साथै धपक्क चमक ल्याइदिन्छ । त्यस्तै, हात र अनुहारमा दिनको दुईपटक यसको प्रयोग गर्दा अत्यधिक फाइदा भएको पुष्टि भइसकेको छ । नरिवल पानीमा हुने काइटोकिनिस नाम गरेको तत्वले हाम्रो शरीरको कोषलाई सशक्त बनाउनुका साथै चाउरी र वृद्ध हुनबाट बचाउँछ ।

गर्भवतीसँग सम्बन्धित समस्याबाट मुक्ति

नरिवल पानी स्वभाविक रुपमा स्वस्थ र संक्रमणरहित हुनाले गर्भावस्थामा यसलाई पिउँदा सुरक्षित मानिन्छ । गर्भाधारणका क्रममा हुने वाकवाकी, अम्लियपन, र मुटु तथा घाँटी पोल्ने समस्याबाट पनि मुक्ति मिल्छ । त्यस्तै, गर्भवतीले नियमित नरिवल र यसको पानी खाँदा पेटभित्रको शिशु निकै स्वस्थ हुने चिकित्सकहरुले बताउने गरेका छन् ।
-एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer