२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

उपाधिका लागि एनसिडिए झापा र एनएमएसआरए विराटनगर खेल्दै


बिर्तामोड, बैशाख ८ । एनएमएसआरए अन्तर प्रदेश क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापा र नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) विराटनगर खेल्दै छन् ।

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) मेची इकाइको आयोजनामा अर्जुनधारा ११ स्थित खेलमैदानमा हुने फाइनल भिडन्तमा दुवै टिमले जित्ने दाबी गरेका छन् ।

पहिलो सेमिफाइनल खेलमा धरानको एनएमएसआरएलाई हराउँदै एनसिडिए झापा उपाधिनजिक पुगेको हो भने दोस्रो सेमिफाइनल खेलमा धर्म मेनेजर टिमलाई हराउँदै एनएमएसआरए विराटनगरले फाइनलमा एनसिडिए झापासँगको भेट पक्का गरेको हो ।

एनसिडिए झापाले एनएमएसआरए धरानलाई ४ विकेटले हराएको थियो भने एनएमएसआरए विराटनगरले धर्म मेनेजर टिमलाई १२१ रनले हराएको थियो ।

कोशी प्रदेशका आठवटा मेडिकल सम्बद्ध टिम सहभागी प्रतियोगिताको विजेताले नगद ३१ हजार र ट्रफी पाउनेछ भने उपविजेताले नगद २० हजार र ट्रफी प्राप्त गर्ने आयोजक एनएमएसआरए मेची इकाइका अध्यक्ष विनोद राजवंशीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer