२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

आठवटा अन्डाबराबर प्रोटिन पाइने मुंग दाल


बिर्तामोड, बैशाख ८ । सामान्य जीवनयापन गरिरहेका महिला र पुरुषलाई दिनहुँ निश्चित मात्रामा प्रोटिनको आवश्यकता पर्छ । यसबाट शरीरले कयौँ फाइदा पाउँछ ।

प्रतिकिलो तौलको हिसाबले शरीरलाई शून्य दशमलव ८ ग्राम प्रोटिन चाहिन्छ । तौल ८० किलो तौल छ भने दिनमा ६४ ग्राम प्रोटिन खानुपर्छ । प्रोटिन अत्यावश्यक माइक्रोन्युट्रिएन्ट हो । यो पूरै शरीरमा पाइन्छ ।

प्रोटिन २० भन्दा धेरै एमिनो एसिडबाट बनेको हुन्छ । मांशपेशी, हाड, कपाल र छालाको साथसाथै शरीरको हरेक तन्तुमा प्रोटिन पाइन्छ ।

नेपाली खानामा धेरैजसो कार्बोहाइडे«ेट्स हुन्छ । यो खानाले शरीरलाई आवश्यक प्रोटिन पूर्ति हुन्न । मासु खानेहरूलाई प्रोटिनको त्यति कमि नहोला तर शाकाहारीहरूमा यो समस्या धेरै हुन्छ । आज हामी यस्तो दालबारे कुराकानी गर्न गइरहेका छौँ, जसमा ८ ओटा अन्डाको सेतो हिस्साभन्दा धेरै प्रोटिन हुन्छ ।

एउटा अन्डाको सेतो भागमा ३ ग्राम प्रोटिन पाइन्छ । अर्थात् ८ ओटा अन्डाको सेतो भागमा २४ ग्राम प्रोटिन पाइन्छ । सय ग्राम बोक्रासहितको मुंगको दालमा २३–२४ ग्राम प्रोटिन पाइन्छ ।

बोक्रासहितको सय ग्राम मुंगको दालमा करिब ३४५ क्यालोरी, १.४ ग्राम फ्याट, ६३ दशमलव ४ ग्राम कार्बोहाइड्रेट्स, ५.८ ग्राम चिनी, १७ दशमलव ३ ग्राम डाइट्री फाइबर पाइन्छ । यसमा भिटामिन सी, क्याल्शियम र आइरन पनि राम्रो मात्रामा पाइन्छ । यी सबै भिटामिन र मिनिरलहरु मिलेर यो दाललाई पावर हाउस बनाएको हो ।

मुगको दालमा फाइबर र प्रोटिनको मात्रा उच्च हुन्छ । यसबाट तौल कम गर्न मद्दत मिल्छ । आइरन र पोटोसियमले मुटुको स्वास्थ्यलाई सही राख्छ । ग्लाइसेमिक इन्डेक्स कम भएकोले मधुमेहका बिरामीलाई पनि यसले राहत दिन्छ ।

आइरनका कारण ब्लड सर्कुलेसन सही ठाउँमा रहन्छ । मसल्स बढाउन खोज्नेका लागि पनि यो दाल उपयोगी खानेकुरा हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer