२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

एनएमएसआरए क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरलाई


बिर्तामोड, बैशाख ८ । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) विराटनगरले झापाको अर्जुनधारामा भएको प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ ।

फाइनलमा प्रतिस्पर्धी नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापामाथि २९ रनको जित निकाल्दै एनएमएसआरए विराटनगर च्याम्यियन बनेको हो ।

उपाधिसँगै एनएमएसआरए विराटनगरले नगद ३१ हजार, ट्रफी र प्रमाणपत्र पायो भने उपविजेता एनसिडिए झापाले नगद २० हजार, ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो ।

एनएमएसआरए मेची इकाइले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज अर्जुनधारा ११ स्थित खेलमैदानमा भएको फाइनल खेलमा एनएमएसआरए विराटनगरका लागि प्रशान्त राईले ७२ रन, अमितजंग रायमाझीले २० रन, सरोज बस्नेतले १६ रन र लोमस निरौलाले १४ रनको योगदान दिए ।

एनसिडिए झापाका सन्तोष भूजेलले ३ विकेट र नीरज पाठकले २ विकेट लिए ।

त्यस्तै, जवाफी ब्याटिङमा एनसिडिए झापाका रोबर्ट राईले ३९ रन, विशाल थापाले ३५ रन, रोशन थापाले १५ रन र आश्विन महतले १३ रनको योगदान दिए ।

एनएमएसआरए विराटनगरका लोमस निरौला र उपेन्द्र पोखरेलले समान ३ विकेट तथा अजय मण्डल, विवेक सिंह र आलोक कर्णले समान एकएक विकेट लिए ।

फाइनल खेलको प्लेयर अफ दि म्याच लोमस निरौला भए । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट बलर अजय मण्डल भएको आयोजक एनएमएसआरए मेची इकाइका अध्यक्ष विनोद राजवंशीले जानकारी दिए ।

प्लेयर अफ दि टुर्नामेन्ट भएका एनएमएसआरएका विराटनगरका प्रशान्त राई उत्कृष्ट ब्याट्सम्यान भए । उनले नगद एक हजार ५०० र ट्रफी पाए ।

कोशी प्रदेशका आठवटा मेडिकल सम्बद्ध टिम सहभागी प्रतियोगिताको फाइनल खेलको प्रमुख अतिथि एनसिडिए झापाका अध्यक्ष जीवनकुमार खड्का रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer