२०८१ बैशाख २२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

सडक बालक थिए मुक्तिचोक दुर्घटनामा मृत्यु भएका सन्तोष


बिर्तामोड, बैशाख ९ । हिजो राति बिर्तामोड मुक्तिचोकमा कार दुर्घटनामा परेर आज बिहान ज्यान गुमाएका सन्तोष रोका सडकमा आश्रित बालक रहेको खुलेको छ ।

सरसफाइ अभियन्ता विष्णु आचार्यका अनुसार झापा अर्जुनधारा–११ कालीझोडाका गोपाल रोकाका छोरा ११ वर्षीय सन्तोष एक वर्षयता बिर्तामोडका सडक तथा गल्लीमा बस्दै आएका थिए ।

सन्तोषलाई भारतको दार्जिलिङबाट उद्धार गरेर अघिल्लो वर्ष परिवारलाई जिम्मा लगाइएको थियो । लामो समय परिवारबाट बिछोड भएका कारण घर बस्न नमानेका सन्तोष बिर्तामोडको सडककिनार र खुला आकाशमा दिनरात बिताउँदै आएका थिए ।

उनलाई दुईपटक उघार गरेर बालआश्रममा लगिएको भए पनि त्यहाँबाट भागेर उनी सडकमै आश्रय लिँदै आएका थिए । कुलतको दलदलमामा फसेका उनको अधिकांश समय मुक्तिचोक, अदुवापुल, पश्चिम बस स्ट्यान्ड र मार्केटको गल्लीमा बित्दै आएको थियो ।

हिजो राति १०ः३० बजेको समयमा बिर्तामोडको मुक्तिचोकमा चारपानेबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००२ च १९० नम्बरको कारले सडकमा हिँडिरहेका रोकालाई ठक्कर दिएको थियो ।

टाउको र दुबै हातखुट्टामा चोट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिएन्डसी हस्पिटल लगिएकोमा उपचारको क्रममा आज बिहान ३ः०० बजे मृत्यु भएको थियो ।

सम्बन्धित समाचार:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer