२०८१ बैशाख २२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

फलामको कराईमा खाना पकाउनु सही कि गलत ?


बिर्तामोड, बैशाख १० । खाना बनाउन धेरै वर्षदेखि भान्सामा फलामको कराई प्रयोग हुँदै आएको छ । पहिले मानिसले दाल र तरकारी कराईमा पकाउने गर्थे । यसमा बनाइएको तरकारी र दाल स्वादिलो मात्र नभएर स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ ।

आजकल, खाना पकाउन फलामको कराई प्रयोग गर्ने थोरै मात्र छन् । फलामको भाँडामा पकाएको खाना राम्रो हुन्छ कि हुँदैन भन्ने धेरैमा अन्योल देखिन्छ । आज हामी फलामको कराईमा खाना पकाएर खाँदा हुने फाइदाबारे जान्ने छौँः

फलामको भाँडामा पकाएको खाना खाँदा शरीरमा आइरनको मात्रा बढ्छ । शरीरका लागि आइरन निकै महत्वपूर्ण मानिन्छ । यसले अक्सिजनको स्तर बढाउँछ, ऊर्जावान बनाउँछ, यसको साथै रोग प्रतिरोधी क्षमता बलियो बनाउन पनि आइरनको मुख्य भूमिका हुन्छ । फलामको भाँडामा पकाएको खाना खाँदा रक्तअल्पताबाट बच्न सकिन्छ ।

फलामको कराईमा अमिलो प्रकारका खाना पकाउनबाट भने जोगिनुपर्छ । जस्तै यसमा कागती निचोर्नु हुँदैन । यसो गर्दा स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ ।

कराईलाई राम्रोसँग सफा गर्ने र सफा स्थानमा राख्न भने ध्यान राख्नुपर्छ । फलामका भाँडामा खिया लाग्ने भएकाले कुनै पनि चिज बनाउनुअघि यसलाई राम्रोसँग धुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer