२०८१ बैशाख ३० आइतबार
Jhapa Today
Adv top
Adv below_nav

गर्मीमा खान नहुने मसलाहरु


बिर्तामोड, बैशाख १० । हामीले दैनिक जीवनमा खानपानका लागि विभिन्न मसला प्रयोग गर्दछौँ । तीमध्ये धेरै मसला शरीरका लागि फाइदाजनक नै हुन्छन् ।

मसला सीमित मात्रामा सेवन गर्दा फाइदा नै गर्छ । तर, गर्मी मौसम लागेसँगै केही मसला शरीरका लागि हानिकारक हुन थाल्छन् । त्यस्ता मसलाबारे पनि जान्नु जरुरी छ ।

बेसार शरीरका लागि फाइदाजनक नै हुन्छ । यसको प्रयोग हामीले दैनिक रुपमा भान्सामा गर्छौं । गर्मी समयमा भने बेसार धेरै खानु हुँदैन । एकदमै सीमित मात्रामा यसको सेवनले फाइदा पुर्याउछ ।

ल्वाङमा आयुर्वेदिक गुण भरपूर मात्रामा हुन्छन् । किनकि यो धेरै पोषक तत्वले भरिएको पनि हुन्छ । गर्मीको समयमा यसको धेरै प्रयोगले शरीरमा विभिन्न समस्या आउन सक्छन् ।

अदुवा धेरै सेवन गर्दा शरीरमा गर्मी बढ्न सक्छ । यसको अत्यधिक सेवनले पेट पोल्ने, दुख्ने, कब्जियत जस्ता समस्या हुनसक्छ । पाइल्सको समस्या भएकाले पनि अदुवा खानु हुँदैन ।

त्यसो त कुनै पनि मौसममा रातो खुर्सानी शरीरका लागि हानिकारक नै मानिन्छ । अझ विशेषगरी गर्मी मौसममा रातो खुर्सानी सेवन गर्नबाट एकदमै बच्नुपर्छ ।

गर्मीका दिनमा ज्वानो पनि शरीरका लागि कतिपय अवस्थामा हानिकारक हुनसक्छ । ज्वानो धेरै खाँदा शरीरको तापक्रम बढ्न सक्छ र पेट खराब पनि हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer