२०८१ बैशाख २४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

शिवसताक्षी दुर्घटनाः मृतक तीनजना कमलको एउटै गाउँका साथी


पौडी खेल्न जाँदै थिए दोमुखा

बिर्तामोड, बैशाख १२ । झापाको शिवसताक्षी ८ झिलझिलेस्थित पूर्वपश्चिम राजमार्गमा बोलेरो जिपको ठक्करबाट मृत्यु हुने तीनैजनाको सनाखत भएको छ ।

मृत्यु हुनेहरुमा झापा कमल गाउँपालिका ४ बस्ने २० वर्षीय युनिस भण्डारी, सोही ठाउँ बस्ने १७ वर्षीय सरोज रेग्मी र २५ वर्षीय मोटरसाइकल चालक मौसम राई रहेका छन् ।

एउटै ठाउँका उनीहरु झापाको दोमुखामा पौडी खेल्न मोटरसाइकलमा जाँदै गर्दा आज बिहान ५ः१८ बजे दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।

कमलबाट सुरुङ्गातर्फ आउँदै गरेको मे. ३ प ५००१ नम्बरको १५० सिसीको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०१–००१ च ९३२९ नम्बरको बोलेरो जिप एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा रहेका तीनजनामध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको र एकजनालाई उपचारका लागि बिएन्डसी हस्पिटल बिर्तामोड ल्याइँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल, बोलेरो, बोलेरो चालक मेचीनगर ६ बस्ने ४५ वर्षीय ऋषिराज गिरी इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेका छन् ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer