२०८१ बैशाख २९ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

अनुहारमा सनस्क्रिन लगाउने तरिका


बिर्तामोड, बैशाख १६ । त्यसो त हरेक मौसममा अनुहारमा सनस्क्रिन लगाउनु पर्दछ । विशेषगरी गर्मीको मौसममा सूर्यको हानिकारक किरणहरु अत्यधिक बलियो हुने भएकाले सनस्क्रीनको प्रयोग भुल्नै नहुने काम हो ।

दैनिक रुपमा सनस्क्रिनको प्रयोगले छालालाई विभिन्न समस्याहरुबाट जोगाउन सकिन्छ । सौन्दर्य विशेषज्ञबाट सनस्क्रिनको सही प्रयोग गर्ने तरिकाबारे जानौँ–

कतिपयले सनस्क्रिनमा अन्य क्रिमलाई मिसाएर लगाउने वा फेस क्रिम लगाएपछि लगाउँछन् । तर यसो गर्नबाट बच्नुपर्छ । तपाईंले सबैभन्दा पहिला अनुहारमा सनस्क्रिन लगाउनु पर्दछ । त्यसपछि मात्रै अन्य क्रिमहरुको प्रयोग गर्नुहोस् ।

यदि तपाईं पनि सनस्क्रिनको थोरै मात्रा हातमा लिएर लगाउनुहुन्छ भने यस्तो बानी परिवर्तन गर्नुहोस् । किनकि सधैँ सनस्क्रिन एकदमै धेरै मात्रामा लगाउनु पर्दछ । त्यस्तै, यसलाई लगाउँदा सम्पूर्ण हातभरि लगाउनुको सट्टा दुईवटा औँलामा मात्र लगाएर मालिस गर्नुहोस् ।

तपाईं वर्षको सबै मौसममा सनस्क्रिनको प्रयोग गर्नुहोस् । जाडो होस् वा गर्मी घामको सम्पर्कमा जहिले पनि सनस्क्रिनको आवश्यकता पर्दछ ।

सनस्क्रिन लगाउने समयमा तपाईंले सही एसपिएफको छनोट गर्नुपर्दछ । तपाईं एसपिएफ ३० देखि लिएर एसपिएफ ५० सम्म दिनको समयमा लगाउन सक्नुहुन्छ । यदि तपाईं स्विमङ गर्न जाँदै हुनुहुन्छ भने एसपिएफ १०० को सनस्क्रिन प्रयोग गर्नुपर्ने हुनसक्छ ।

सनस्क्रिन लगाउने समयमा तपाईंले यसलाई अनुहारमा हल्का दबाउँदै मालिस गर्नुहोस् । यसलाई एकदमै आरामसँग मालिस गरेर सम्पूर्ण अनुहारमा लगाउनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer