२०८१ बैशाख ३० आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै


बिर्तामोड, बैशाख १६ । सरकारले आजदेखि झापासहित सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउँदै छ ।

हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा, कपिलवस्तु र महोत्तरीका जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउन लागिएको हो ।

हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउँदै आम औषधि सेवन अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डक्टर रुद्र मरासिनीले जानकारी दिए ।

यसअघि ती सात जिल्लामा आम औषधि सेवन अभियान सञ्चालन गरिए पनि सफल नभएपछि पुनः अभियान सञ्चालन गर्न थालेको हो । अभियान दुई हप्तासम्म सञ्चालन हुनेछ ।

निर्देशक डक्टर मरासिनीका अनुसार सात जिल्लाका १०१ स्थानीय तहका ५० लाख ७८ हजारजनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन थालिएको हो ।

दुई वर्षभन्दा बढी उमेरका सबैलाई औषधि खुवाइने उनको भनाइ छ । अभियानमा यसपटक करिब ६ हजार स्वास्थ्यकर्मी र पाँच हजार ८०० महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरिने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer