२०८१ जेठ ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै


बिर्तामेड, बैशाख १७ । लागुऔषध कारोबारमा संलग्नलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर घाइते भएका झापा गाउँपालिकाका वडा नम्बर ४ खयरबारी बस्ने सरिफुल आलमको भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आज साँझ ६ बजे झापा गाउँपालिका वडा नम्बर ३ कामाटोलीमा स्थानीय अक्कलबहादुर विश्वकर्माको घरको तेस्रो तल्लामा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले छापा हानेको थियो ।

सो क्रममा अताउल रहमानका छोरा २५ वर्षीय आलमलाई नियन्त्रणमा लिन खोज्दा उनले आफ्नो साथमा रहेको दाउ र खुकुरीबाट प्रहरीमाथि आक्रमण गर्न खोज्दा प्रतिरक्षास्वरुप प्रहरीले गोली चलाएको थियो ।

प्रहरीको गोलीबाट आलमको बायाँ खुट्टाको तिघ्रा र पिँडुलामा २ राउन्ड गोली लागेको थियो । उनको हाल प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको झापाका प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

पक्राउ परेका कारोबारीबाट ११६ ग्राम ६० मिलिग्राम खैरो हेरोइन र एकएकथान खुकुरी र दाउसमेत बरामद भएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer