२०८१ जेठ ७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

भद्रपुरमा लागुऔषध नियन्त्रणबारे प्रशिक्षण


भद्रपुर, बैशाख २८ । झापाको भद्रपुरमा लागुऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रणमा हाम्रो भूमिका विषयक दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

भद्रपुर नगरपालिका वडा नम्बर २ को सभाहलमा बिहीबारबाट सुरु भएको कार्यक्रम आज नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो ।

झापामा लागुऔषध प्रयोगकर्ता र कारोबारीको संख्या बढ्दै गएपछि नारी सञ्चार गृह झापाले भद्रपुर नगरपालिकको सहयोगमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा सहभागीहरु दुर्गा निरौला, बुद्धिसागर आचार्य, ईन्द्रप्रसाद ओली, सरोज कोइरालालगायतले लागुऔषध तथा दुव्र्यसनको स्थिति भयावह बनेको भन्दै तत्काल टोलदेखि वडासम्मै, विद्यालयदेखि युवा, विद्यार्थी सबैलाई लक्षित कार्यक्रम ल्याउन माग गरे ।

भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतलगायतले आआफ्नो भनाइ राखेका थिए ।

नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा इलाका प्रहरी कार्यालय हल्दिबारीका इन्चार्ज प्रहरी सहायक निरीक्षक ओमराज पौडेल, पुनर्जन्म समूह नेपालका राजु गिरी, गृहकी संस्थापक अध्यक्ष सावित्रा दाहाल र भीमा शिवाकोटीले सहजीकरण गरेका थिए ।

१३५ जना सहभागी प्रशिक्षणमा लागुऔषध प्रयोग, ओसारपसार तथा नियन्त्रणका लागि गरिएका प्रयास, कानुनी व्यवस्था, लागुऔषध प्रयोगमा बालबालिका, महिला, युवा तथा वयस्कको अवस्था लगायतका विषयवस्तुबारे चर्चा गरिएको थियो ।

पूर्वअध्यक्ष अम्बिका भण्डारीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सहसचिव जोस्ना श्रेष्ठले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer