२०८१ जेठ ७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

कन्ट्रोल लुब्रिकेन्ट्सद्वारा बिर्तामोडमा स्तन क्यान्सरविरुद्ध सचेतना


बिर्तामोड, बैशाख २८ । झापाको बिर्तामोडमा महिलामा हुने स्तन क्यान्सरविरुद्धको सचेतना कार्यक्रम तथा स्तन क्यान्सर परीक्षण गरिएको छ ।

कन्ट्रोल लुब्रिकेन्ट्सको उत्पादक कम्पनी फुजिमा आयलको आयोजना तथा पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा महिलामा हुने स्तन क्यान्सरविरुद्धको सचेतना र स्तन क्यान्सर परीक्षण गरिएको हो ।

कार्यक्रममा फुजिमा आयल कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुबोध कोइरालाले कन्ट्रोल लुब्रिकेन्ट्सले महिलामा हुने स्तन क्यान्सरविरुद्धको सचेतना कार्यक्रम विभिन्न स्थानमा सञ्चालन गर्ने क्रममा पूर्वाञ्चल क्यान्सर अस्पतालको सहकार्यमा हाल बिर्तामोडमा सञ्चालन गरिएको बताए ।

उनले कन्ट्रोल लुब्रिकेन्ट्सले हरेक १ लिटर लुब्रिकेन्टको बिक्रीबाट प्राप्त हुने रकमबाट महिलामा हुने स्तन क्यान्सरविरुद्धको सचेतना तथा उपचार कार्यक्रममा १ रुपैयाँ सहयोग गर्ने अभियान सञ्चालन गरेको जानकारी दिए ।

नेपालमा सर्वाधिक लोकप्रिय र सर्वाधिक बिक्री हुने ब्रान्ड कन्ट्रोल लुब्रिकेन्ट्स रहेको बताउँदै उनले वार्षिक ३ हजार किलोलिटर अर्थात ३० लाख लिटर हाराहारीमा कन्ट्रोलको उत्पादन तथा बिक्री भइरहेको बताए । जसबाट यो अभियानमा वार्षिक ३० लाख हाराहारी रकम संकलन हुने कोइरालाले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि बिएन्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले स्तन क्यान्सरका बारेमा व्यापक जनचेतना फैलाउन जरुरी रहेको बताए ।

कार्यक्रममा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.वीरेन्द्रकुमार यादवले सहभागीहरुलाई सहजीकरण गरेका थिए ।

कार्यक्रममा सहभागी महिलाहरुमा स्तन क्यान्सर भए नभएको परीक्षण गर्न पहिलो चरणमा स्क्रिनिङ गरिएको थियो । स्क्रिनिङ गर्दा शंका लागेमा मेमोग्राम गरिएको कन्ट्रोल लुब्रिकेन्ट्सका बिर्तामोड शाखा प्रमुख रोमनाथ पाठकले जानकारी दिए ।

उनका अनुसार आज पहिलो चरणमा २० जना महिलाहरुको स्क्रिनिङ गरिएको छ । स्क्रिनिङ गरिएकामध्ये केहीको मेमोग्राम समेत गरिएको पाठले बताए ।

पूर्वाञ्चल क्यान्सर अस्पतालसँगको समन्वयमा भएको परीक्षणको सम्पूर्ण खर्च कन्ट्रोल लुब्रिकेन्ट्सले बेर्होनेछ । कार्यक्रममा फुजिमा आयल कम्पनीका परिवार, कर्मचारी, डिलर, रिटेलर, मेकानिक्सका आमा, दिदीबहिनीहरुसहित १०० जनाको सहभागिता रहेको पाठकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer