२०८१ असार ४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बिहानको हिँडाइमा गल्ती त गर्नु भएको छैन ?


बिर्तामोड, जेठ १३ । धेरै मानिस बिहान उठेर दैनिक रुपमा कुनै बाटो वा पार्कहरुमा घुम्ने गर्छन् । यही घुम्नेलाई नै कतिपयले मर्निङ वाकको नाम दिने गर्छन् । तर के तपाईंलाई थाहा छ कि मर्निङ वाक गर्ने पनि सही तरिका हुन्छ ?

धेरै मानिसलाई मर्निङ वाक गर्ने सही तरिका नै थाहा हुँदैन । जसले गर्दा उनीहरु बिहान मर्निङ वाकको नाममा समय बर्बाद गरिरहेका हुन्छन् । त्यसैले, मर्निङ वाक गर्नका लागि पनि सही तरिका जान्नुपर्ने हुन्छ । यसबारेमा आज हामी तपाईंलाई बताउनेछौँ ।

कतिपयले सानो पार्कमा गोलो गोलो चक्कर लगाएर हिँड्ने गर्छन् । यसो गर्नु गलत हो । किनकि एउटै तरिकाले चक्कर लगाइरहँदा शरीरको एउटा हिस्सामा मात्र धेरै प्रेसर पर्छ । त्यसैले, मर्निङ वाकमा सधैँ सिधा बाटोमा हिँड्नुपर्छ ।

जहिले पनि मर्निङ वाक गर्ने क्रममा मुट्ठी बन्द गरेर हिँड्नु हुँदैन । कतिपयले मुट्ठी बन्द गरेर हिँड्ने वा दौडने गर्छन् । यसले तपाईंको काँधमा दुखाई हुन सक्छ ।

मर्निङ वाक गर्ने क्रममा  ब्रेक लिएर रोकिने गर्नु हुँदैन । यसले शरीरको रक्तसञ्चारमा गडबडी आउँछ, जसले स्वास्थ्य समस्या ल्याउन सक्छ । यदि तपाईं आधा घण्टा हिँड्नुहुन्छ भने लगातार एउटै रफ्तारमा हिँड्नुहोस् ।

जहिले पनि मर्निङ वाकको सुरुमै तेज हिँड्ने र रोकिने गर्नु हुँदैन । सुरुवातमा शरीरलाई सही तापक्रममा ल्याउनका लागि हल्का हिँड्नुहोस् र गति बढाउँदै लग्नुहोस् । त्यसपछि एउटै हिँडाईको रफ्तारमा हिँड्नुहोस् ।

मर्निङ वाक गरेपछि कम्तीमा १५ मिनेट हिँडेपछि तपाईं नुन राखेको पानी पिउन सक्नुहुन्छ । यसले शरीरमा सोडियमको सन्तुलन बनाइराख्छ र खुट्टामा दुखाई महसुस पनि हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer