२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

आदर्श स्कुलमा होटल म्यानेजमेन्टका विद्यार्थीको आकर्षण


बिर्तामोड, असार २४ । झापाको बिर्तामोडमा रहेको आदर्श स्कुल अफ म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढेको छ । आदर्शमा एसइइको रिजल्टसँगै विद्यार्थीको आकर्षण बढ्ने गरेको छ ।

प्रत्येक वर्ष एसइइ पास भएपछि विद्यार्थीको रोजाइको विद्यालय आदर्श हुने गरेको छ । बिर्तामोडमा अरु धेरै विद्यालयहरु रहे पनि आदर्शमा अध्ययनसँगै कामको पनि सुनिश्चिता हुने भएकाले विद्यार्थीको घुइँचो लाग्ने गरेको छ ।

एसइइबाट उत्तीर्णसँगै विद्यार्थीहरुमा अन्योलता हुने गरे पनि त्यसको विकल्प आदर्श स्कुल अफ म्यानेजमेन्ट बन्ने गरेको छ । बिर्तामोड–३ मा विगत सात वर्षदेखि होटल म्यानेजमेन्ट विषय अध्यापन गराउँदै आएको आदर्शमा शान्त वातावरणमा गुणस्तरीय माध्यमबाट अध्यापन हुने भएकाले विद्यार्थीको रोजाइ आदर्श स्कुल बनेको हो ।

सिटिइभिटी र इटिभिए मान्यताप्राप्त आदर्शमा छात्रवृत्तिसहितको सुविधा सम्पन्न कलेजमा हाल ४०० जना भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । जसमा ३५ जना शिक्षक र कर्मचारी कार्यरत छन् ।

उत्कृष्ट ल्याब, किचनसहितको व्यवस्थापन सञ्चालन आदर्शले साझेदार संस्थासँगको सहकार्यमा विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यासका लागि पनि पठाउने गरेको स्कुलका सञ्चालक सञ्जोग खरेलले जानकारी दिए ।

सञ्चालक खरेलका अनुसार कलेजमा विद्यार्थीले अध्ययनसँगै काम गरेर पढ्ने वातावरण पनि भएकाले विद्यार्थीको आकर्षण बढेको छ । गरिब तथा विपन्न परिवारका विद्यार्थीले होटल म्यानेजमेन्ट पढ्न नसक्ने अवस्थालाई पनि आदर्शले गलत सावित गरेको सञ्चालक खरेलको भनाइ छ ।

‘सबै विद्यार्थी कलेज आउँछन्, दिउँसो विभिन्न होटलहरुमा आवद्ध छन्’ सञ्चालक खरेलले भने, ‘केही विद्यार्थी नेपालकै सुविधासम्पन्न पाँचतारे र तीनतारे होटलमा किचनदेखि वेटरसम्मको काम गर्दै अध्ययन गरिरहेको उदाहरण छ ।’ आदर्शमा बारिस्ता, क्यानेडियन र मलेसियन प्रमाणिकलगायतका विभिन्न विषयमा अध्यापन हुने गरेको उनले बताए ।

आदर्शमा ताप्लेजुङ, पाँचथर, इलाम, झापासहित कोशी प्रदेशका विभिन्न जिल्लाबाट विद्यार्थीहरु अध्ययनका लागि आउने गरेको सञ्चालक खरेलले जानकारी दिए ।

ADVT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer