बिर्तामोड, साउन २२ । सशस्त्र प्रहरी बलले झापाको बुद्धशान्ति र मेचीनगरबाट भन्सार छलेर ल्याइँदै गरेको साढे १२ लाख रुपैयाँको समान बरामद गरेको छ ।
आज साँझ ०९ः१० बजे बुद्धशान्ति-७ सुनमाई चिया बगानभित्रमा लुकाएर राखिएको १० लाख रुपैयाँको अवैध कपडा सशस्त्र प्रहरीले बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस टिमाईका नायव निरीक्षक विजय नुनिया महतोको कमाण्डमा खटिएको सातजनाको मोबाइल टोलीले विशेष सूचनाको आधारमा भन्सार छलेको कपडा बरामद गरेको हो ।
बरामद गरिएको सामानहरूमा कुर्ता सुरुवाल, लेडिज पेन्ट, ल्याङ्घा, गन्जी लगायतका सामान रहेको छ ।
त्यस्तै, आज साँझ १९ः३५ बजे सीमा सुरक्षा गुल्म काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक लोकनाथ उप्रेतीको कमाण्डमा रहेको १० जनाको मोबाइल टोलीले मेचीनगर-६ बसपार्कबाट भारतबाट भन्सार छलेर नेपाल ल्याइँदै गरेको दुई लाख ५० हजार रुपैयाँको कपडा बराद गरेको हो ।
बरामद गरिएको कपडा आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन पोखरेलले जानकारी दिए ।