२०८१ मंसिर २ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

टिक बगानमा भेटियो हल्दिबारीमा लुटिएको स्कुटर


बिर्तामोड, साउन २३ । झापाको हल्दिबारीमा साउन ७ गते चालकलाई बेहोस बनाएर लुटिएको स्कुटर बेवारिसे अवस्थामा भेटिएको छ ।

भेलागुडी जंगलबाट लुटेर लगिएको स्कुटर १५ दिनपछि भेटिएको प्रहरीले जनाएको छ । हल्दिबारी-३ को वडा कार्यालयपूर्व स्थानीय देवेन्द्र कन्दङवाको घरपश्चिम टिक बगानमा स्कुटर भेटिएको हो ।

जिल्ला प्रशासन कार्यालय भद्रपुरमा भेट भएका विनोद राजवंशी बताउने व्यक्तिले मेचीनगर-५ का २२ वर्षीय पुजन श्रेष्ठले अन्जना भण्डारी श्रेष्ठको नाममा रहेको प्रदेश १–०१–०१५ प–३४४८ नम्बरको स्कुटर भेलागुडी जंगलमा लुटेर लगेको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएका थिए ।

जलथल प्रहरी चौकीले स्कुटरको स्थलगत सर्जिबिन गरेर स्कुटर जिल्ला प्रहरी कार्यालय झापा पठाएको जनाएको छ । स्कुटरको नम्बर प्लेट परिवर्तन गरेर चलाएको र उनीहरुको समेत पहिचान गरिएको प्रहरीले जनाएको छ ।

बुबाको नागरिकताको प्रतिलिपि बनाउन जिल्ला प्रशासन कार्यालय गएका श्रेष्ठसँग ती व्यक्तिको त्यहीँ चिनजान भएको थियो । आफू पनि नागरिकताको प्रतिलिपि बनाउन आएको उनले श्रेष्ठलाई बताएका थिए ।

अपरान्ह ४ बजेतिर आफ्नो घरनजिकै रहेको र घर जाने काम पर्‍यो भनेर ती व्यक्तिले श्रेष्ठसँग लिफ्ट मागेका थिए ।

श्रेष्ठसँग चाबी मागेर आफैँ स्कुटर कुदाएका उनले भेलागुडी जंगलमा आफ्ना दुईजना साथी बोलाएर लछारपछार गर्दै कुटपिट गर्नुका साथै अनुहारमा स्प्रे छर्केर बेहोस बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer