बिर्तामोड, भदौ ४ । झापाको मेचीनगरमा बुवाले आफ्नै छोरालाई धारिलो हतियारले (दाउ) ले हानेर घाइते बनाएका छन् ।
आज साँझ ०७ः१० बजेको समयमा मेचीनगर-३ दोकानडाँडाका ५७ वर्षीय पुण्यप्रसाद दाहालले छोरा ३० वर्षीय डिल्लीराम दाहाललाई दाउले हानेको प्रहरीले जनाएको छ ।
खाना खाने विषयलाई लिएर विवाद हुँदा पुण्यप्रसादले एक्कासी टाउकोको पछाडि भागमा दाउ प्रहार गर्दा सामान्य चोट लागेको छ ।
डिल्लीरामको स्थानीय मेडिकल दोकानडाँडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घाइतेको अवस्था सामान्य रहेको छ भने धारिलो हतियार र धारिलो हतियार प्रहार गर्ने पुण्यप्रसादलाई अस्थायी प्रहरी पोस्ट भृकुटीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको छ ।