
बिर्तामोड, भदौ १६ । झापाको कनकाईस्थित सुरुंगामा काठमाडौँबाट आउँदै गरेको एउटा रात्रिबस दुर्घटनाग्रस्त भएको छ ।


आज बिहान भएको सो दुर्घटनामा केही यात्रु सामान्य घाइते भएको झापा प्रहरीले जनाएको छ ।


स्थानीय प्रहरी र उद्धारकर्मीहरू घटनास्थलमा पुगेका छन् । दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन । थप विवरण आउन बाँकी छ ।

