२०८२ साउन ५ सोमबार
Jhapa Today
Adv top

बालिकालाई बलात्कार गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ


मेचीनगर, असोज २०। झापामा बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका–१ का २१ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई गत असोज १४ गते जबरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

Adv footer