२०८१ कार्तिक ६ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडकी युवतीलाई दराज अनलाइनले ठग्यो १९ लाख


बिर्तामोड, कात्तिक ६ । झापा बिर्तामोडकी एक युवतीबाट दराज ज्यापुचः भन्ने अनलाइनले करिब १९ लाख रुपैयाँ ठगेको आरोप लागेको छ ।

बिर्तामोड–२ बस्ने ती युवतीबाट सो अनलाइनले रकम ठगी गरेको हो । विद्यार्थी भिसामा दक्षिण कोरिया जान आइइएलटिएस पढिरहेकी युवतीको लागि बैंक ब्यालेन्स देखाउन सेल्टा एजुकेट कन्सल्टेन्सीले उनको एनआइसी एसिया बैंकमा रहेको खातामा ३० लाख रुपैयाँ जम्मा गरिदिएको थियो । सो रकम दराज ज्यापुचः अनलाइनले ठगी गरेको हो ।

टास्क खेल्ने क्रममा उनले सो रकम डुबाएकी हुन् । पहिलो टास्कमा उनले ५०० रुपैयाँ खेल्दा ९०० रुपैयाँ प्राप्त गरेकी थिइन् । त्यसपछि दुई हजार खेल्दा तीन हजार ५०० प्राप्त गरेपछि ६ हजार, नौ हजार, २६ हजार, ५९ हजार गर्दै मेलिसाबाट सो अनलाइनले १८ लाख ४४ हजार रुपैयाँ ठगी गरेको हो ।

अनलाइनले ३६ वटा टास्क निर्धारण गरेको र आफूले १५ वटा टास्क खेल्दै गर्दा सो रकम डुबेको उनले बताएकी छन् । अनलाइनले १, २ र ३ लेभल तोकेर तीनवटै लेभल पार गर्नसके ठुलो धनराशि जित्नसक्ने भनेर झुक्याएको थियो ।

पीडित युवती बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र आफ्ना अभिभावकसहित आइतबार उजुरी दिन इलाका प्रहरी कार्यालय बिर्तामोड आएकी थिइन् ।

बिर्तामोड प्रहरीकहाँ उजुरी दिँदा प्रक्रिया लामो हुने भएकाले साइबर ब्युरो काठमाडौँमै गएर उजुरी दिन आफूले सल्लाह दिएको डिएसपी प्रकाश विष्टले बताए । उनले यसरी अनलाइनबाट ठगिने क्रम बढ्दै गएको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer