२०८१ कार्तिक ७ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

दमकमा जग्गा विवादमा कुटाकुट हुँदा निरौलाको मृत्यु


दमक, कात्तिक ७ । झापाको दमकमा घडेरीको निहुँमा दुई पक्षबीच विवादसहित झडप हुँदा एकजनाको मृत्यु भएको छ ।

दमक-३ मा घडेरीको निहुँमा झडप भएको हो । झडपमा दमक-९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको मृत्यु भएको दमक प्रहरीले जनाएको छ ।

गम्भीर घाइते निरौलालाई उपचारका लागि आम्दा अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको दमकका प्रहरीका निरीक्षक रामभक्त आचार्यले बताए । हिजो दिउँसो ४ बजे जग्गासम्बन्धी विवाद भएको उनले जानकारी दिए ।

घटनासम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जग्गासम्बन्धी विवादमा ग्याङ फाइट नै भएको दमक ३ का वडा अध्यक्ष नवीन बरालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer