२०८१ कार्तिक २० मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बैंकिङ कसुर मुद्दामा अर्जुनधाराकी श्रेष्ठ पक्राउ


बिर्तामोड, कात्तिक २० । बैंकिङ कसुर मुद्दामा भागिरहेकी झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ६ दासपुल बस्ने अन्दाजी ५८ वर्षीया मुना श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

कात्तिक १८ गते साँझ ७ बजे उनकै घरबाट श्रेष्ठलाई पक्राउ गरिएको हो । उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले बताए ।

बैंकिङ कसुर मुद्दामा श्रेष्ठलाई उच्च अदालत पाटनको २०७३ जेठ २७ गतेको फैसलाले १ दिन कैद र २ लाख २० हजार जरिवाना र सोही अदालतको २०७९ साउन २३ गतेको फैसलाले १८ दिन कैद र ५ लाख जरिवाना तोकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer